नेपाली सेना कल्याणकारी बोर्ड शब्दावली
आश्रित
“आश्रित” भन्नाले बहालवाला तथा भुतपूर्व सैनिकका परिवार (बावु∕आमा∕श्रीमान्∕श्रीमति तथा छोरा∕छोरीलाई सम्झनु पर्दछ र महिला सैनिक हकमा सासु ससुरा समेतलाई जनाउंदछ ।
अस्पताल (Hospital)
बोर्डद्धारा क्षेत्रिय र स्थानिय स्तरमा संचालन गरिने मध्यम र साना स्तरका करिब ५० (पचास) बेड क्षमताका अस्पतालहरुलाई जनाउंदछ ।
अनुदान सहयोग (Grant Donation)
मित्र राष्ट्र तथा अन्य सहयोगी संस्थाहरुबाट कानून बमोजिम बोर्डलाई प्राप्त हुन आउने आर्थिक, प्राविधिक तथा अन्य प्रकारको सहयोगलाई जनाउंदछ । यसरी प्राप्त हुन आउने सहयोग कानून बमोजिम सम्बन्धित निकायबाट स्वीकृती लिएर मात्र प्राप्त तथा कार्यान्वयन गरिने छ ।
ईपिसेन्टर (Epicentre)
ईपिसेन्टर भन्नाले नेपाली सेना कल्याणकारी बोर्ड अन्तर्गत क्षेत्रिय र स्थानिय स्तरमा बोर्डको कार्यलाई प्रभावकारी रुपमा बिकेन्द्रित गर्न क्षेत्रिय केन्द्र बिन्दुको रुपमा खोलिएका सहायक कार्यालयहरुलाई जनाउंदछ ।
ऐन
“ऐन” भन्नाले सैनिक ऐन, २०६३ लाई सम्झनु पर्दछ ।
केन्द्रिय कार्यालय
“केन्द्रिय कार्यालय” भन्नाले नेपाली सेना कल्याणकारी बोर्डको केन्द्रिय कार्यालयलाई जनाउंदछ ।
कल्याणकारी कार्य (Welfare)
“कल्याणकारी कार्य” भन्नाले नेपाल सरकारबाट प्राप्त सहयोग वा कोष वा कोषबाट संचालित बिभिन्न आयमुलक कार्यहरुबाट प्राप्त मुनाफाबाट बोर्डद्धारा संचालन गरिने सम्पूर्ण स्वास्थ्य, शिक्षा, रोजगार, तालिम लगायतका कल्याणकारी कार्यलाई जनाउंदछ ।
कार्यकारी अधिकृत (Executive Officer)
प्रमुख कार्यकारी अधिकृतको मातहतमा रही कार्य गर्ने गरी बोर्डमा भएका बिभिन्न बिभागका बिभागिय प्रमुखहरुलाई सम्बन्धित बिभागको कार्यकारी अधिकृत (Executive Officer) भनिने छ ।
कार्यकारी अधिकृत-स्वास्थ्य (Health)
बोर्डद्धारा संचालित स्वास्थ्य सम्बन्धी परियोजनाको योजना गर्ने, संचालन तथा रेखदेख गर्ने प्रमुख व्यक्ति भन्ने बुझाउंदछ ।
कार्यकारी अधिकृत-शिक्षा (Education)
बोर्डद्धारा संचालित शिक्षा सम्बन्धी परियोजनाको योजना गर्ने, संचालन तथा रेखदेख गर्ने प्रमुख व्यक्ति भन्ने बुझाउंदछ ।
कार्यकारी अधिकृत-वित्त (Finance)
बोर्डको वित्त बिभागको प्रमुख अर्थात् बोर्डलाई आवश्यक पर्ने वित्तिय योजना, निर्देशन तथा व्यवस्थापन गर्ने प्रमुख व्यक्ति भन्ने बुझ्नु पर्दछ ।
कार्यकारी अधिकृत-लगानी (Investment)
बोर्डको लगानी शाखाको प्रमुखलाई जनाउंदछ । जसले बोर्डद्धारा गरिने लगानीको अध्ययन, योजना तथा प्रवद्र्धन गर्दछ ।
कार्यकारी अधिकृत-मानव संशाधन (Human Research Management)
बोर्डको मानव संशाधन बिकास प्रमुखलाई जनाउंदछ । जसको प्रमुख काम बोर्डलाई आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन र वृत्ति बिकास गर्नु हुनेछ ।
कार्यकारी अधिकृत-योजना-अनुसन्धान तथा विस्तार (Planning, Research & Development)
बोर्डको योजना तथा अनुसन्धान तथा विस्तार शाखाको प्रमुखलाई जनाउंदछ । जसको प्रमुख काम बोर्डद्धारा संचालन गरिने सम्पूर्ण परियोजना तथा कल्याणकारी कार्यको योजना, अनुसन्धान र विस्तार सम्बन्धी हुनेछ ।
कोष (Fund)
सैनिक ऐन २०६३ को दफा २९ को उपदफा (१) बमोजिम स्थापना भएको सैनिक कल्याणकारी कोष सम्झनु पर्दछ । (बोर्डलाई आवश्यक पर्ने रकम सुरुमा उक्त कोषबाट ऋण वा सहयोगको रुपमा बिनियोजित बजेटबाट पूर्ति गरिने छ । तर कोषबाट प्राप्त रकमको सहि सदुपयोग गर्दै बार्षिक रुपमा व्याज र सांवा सहित निश्चित अवधिमा कोषमा नै फिर्ता गरिने छ) ।
गेष्ट हाउस (Guest House)
दुर्गम स्थानहरुबाट काम बिशेषले आउने भु.पू. सैनिकहरुको सेवा र सुविधालाई ध्यानमा राखेर प्रत्येक ईपिसेन्टरहरुमा निर्माण गरिएको भवनलाई गेष्ट हाउस मानिने छ । गेष्ट हाउसको संचालन, उपलब्ध सेवा तथा प्रयोगको प्रक्रिया तोकिए बमोजिम हुनेछ ।
चाटर्ड एकाउन्टेण्ट (Chartered Accountant)
बोर्डद्धारा संचालित बिभिन्न क्रियाकलापहरुको आर्थिक पक्षको बिश्लेषण तथा आन्तरिक ब्गमष्त कार्यको लागि सेवा तथा परामर्श प्रदान गर्न सक्ने, नेपाल चार्टड एकाउन्टेण्ट्स संस्थाद्धारा मान्यता प्राप्त CA उत्तीर्ण व्यक्तिलाई जनाउंदछ । बोर्डमा एक जना Chartered Accountant को नियुक्ति तोकिएको आवश्यक प्रक्रिया पुरा गरिने छ ।
नेपाल सरकारबाट प्राप्त सहयोग
कल्याणकारी कार्यको लागि नेपाल सरकारद्धारा नेपाली सेनालाई प्राप्त हुन आउने सहयोगलाई जनाउंदछ ।
निर्देशनालय
“निर्देशनालय” भन्नाले कल्याणकारी निर्देशनालयलाई सम्झनु पर्दछ ।
पदाधिकारी
“पदाधिकारी” भन्नाले प्रमुख कार्यकारी अधिकृत, प्रमुख संचालन अधिकृत, अन्य कार्यकारी अधिकृतहरु र कार्यकारी समितिका सदस्य समेतलाई सम्झनु पर्दछ ।
प्रमुख कार्यकारी अधिकृत (Chief Executive Officer)
“प्रमुख कार्यकारी अधिकृत” भन्नाले कार्यबिधिको दफा........बमोजिम नियुक्त प्रमुख कार्यकारी अधिकृतलाई सम्झनु पर्दछ जसले बोर्डको दैनिक कार्य संचालन तथा नेतृत्व गर्ने छन् ।
प्रबन्धक (Manager)
बोर्डको ईपिसेन्टर कार्यालयका प्रमुखहरुलाई जनाउंदछ जसको काम प्रवन्धकको रुपमा ईपिसेन्टरको दैनिक काम कारवाही संचालन गर्नु तथा ईपिसेन्टरद्धारा केन्द्रिय कार्यालय निर्देशनमा संचालित योजनाहरुको संचालन र व्यवस्थापन गर्नु हुनेछ ।
पोलिक्लिनिक (Polyclinic)
बोर्डद्धारा संचालित स्थानिय स्तरमा नै बिभिन्न रोगको पहिचान तथा उपचार गर्न सकिने र आवश्यक सुविधाहरु उपलब्ध हुने क्लिनिकहरुलाई सम्झनु पर्दछ ।
प्रमुख संचालन अधिकृत (Chief Operation Officer)
बोर्डको केन्द्रिय कार्यालयमा प्रमुख कार्यकारी अधिकृतको प्रमुख सहयोगीको रुपमा बोर्डको दैनिक क्रियाकलाप संचालन गर्न एक प्रमुख संचालन अधिकृत रहने छ । प्रमुख संचालन अधिकृतले बोर्डको दैनिक र नियमित कार्यको अतिरिक्त प्रशासन, एकाउण्ट र समारोह व्यवस्थापन जस्ता प्रमुख कार्यहरु संचालन गर्ने छ ।
बोर्ड
“बोर्ड” भन्नाले नेपाली सेना कल्याणकारी बोर्ड (Nepal Army Welfare Board) लाई सम्झनु पर्दछ ।
बाणिज्य कानून अधिकृत (Corporate Lawyer)
बाणिज्य कानून अधिकृत भन्नाले बोर्डले गर्ने बाणिज्य तथा व्यापार सम्बन्धी क्रियाकलापमा आवश्यक पर्ने कानूनी प्रावधानहरु सम्बन्धी सेवा वा परामर्श दिनको लागि बाणिज्य कानूनमा कम्तिमा स्नातक उत्र्तीण तथा नेपाल भित्र कानूनी सेवा प्रदान गर्न सम्बन्धीत निकायबाट स्वीकृती प्राप्त व्यक्ति भन्ने जनाउंदछ । उपयुक्त योग्यता पुगेको कुनै पनि व्यक्तिलाई तोके बमोजिम प्रक्रियाबाट बोर्डको कानून अधिकृत, बाणिज्य कानून (Corporate Lawer)को रुपमा नियुक्त गर्न सकिने छ ।
वित्त (Finance)
बोर्डद्धारा गरिने वित्तिय व्यवस्थापनको कार्यलाई सम्झनु पर्दछ । बिशेष गरि नेपाली सेना कल्याणकारी बोर्डलाई आवश्यक पर्ने आर्थिक व्ययभारको श्रोत पहिचान गर्ने, परिचालन गर्ने र व्यवस्थापन गर्ने कार्य नै वित्त (Finance) व्यवस्थापन हो ।
वित्तिय संस्था (Financial Institutions)
बैंक तथा वित्तिय संस्था ऐन, २०६३ अन्तर्गत राष्ट्र बैंकद्धारा ईजाजत प्राप्त बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स कम्पनी लगायतका वित्तिय कारोवार गर्ने संस्था सम्झनु पर्दछ ।
व्यवसाय (Business)
बोर्डद्धारा गरिने वाणिज्य (Commercial), औद्योगिक (Industries) तथा रोजगार प्रवद्र्धन (Employment Service) लगायतका सम्पूर्ण कार्यहरुलाई सम्झनु पर्दछ ।
व्यवसायिक परामर्शदाता (Business Consultant)
बोर्डले आय आर्जनको लागि संचालन गर्ने बिभिन्न किसिमका व्यवसाय सम्बन्धी लामो अनुभव सिप र ज्ञान भएका व्यक्तिलाई बिषय बिज्ञ ढक्गदवभअत (Subject Matter Experts) हरुलाई व्यवसायिक परामर्शदाता (Business Consultant) भनिने छ । बोर्डद्धारा संचालन गरिने व्यवसायको क्षेत्र र प्रकृति अनुसार व्यवसायिक परामर्शदाताको नियुक्ति र छनौट तोकिए बमोजिममा प्रक्रियाद्धारा गरिने छ ।
भु.पू. सैनिक
“भु.पू. सैनिक” भन्नाले नेपाली सेनामा सेवा गरी नियम पूर्वक अवकाश प्राप्त व्यक्तिहरुलाई जनाउंछ ।
भेटरान्स अस्पताल (Vetrance Hospital)
कल्याणकारी कार्य अन्तर्गत प्रदान गरिने स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन भु.पू. सैनिक तथा तिनका आश्रितहरुको लागि स्थापित अस्पताललाई भेटरान्स अस्पताल भनिन्छ । यसमा सर्वसाधारण नागरिकहरुलाई समेत निश्चित शुल्क लिई स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गरिने छ र उक्त अस्पताल बिशेषज्ञ सेवा सहितको आधुनिक उपकरणहरुले सु-सज्जित सुविधा सम्पन्न ४५० (चारसय पचास) बेडको हुनेछ ।
रोजगार (Employment) प्रर्वद्धन
“रोजगार प्रवद्र्धन” भन्नाले बोर्डद्धारा बिदेश तथा स्वदेशमा रोजगारी श्रृजना गर्न गरिने कार्यलाई सम्झनु पर्दछ ।
लघुवित्त (Micro Finance)
बोर्डद्धारा आय आर्जनमा सहयोग पुर्याउने उद्देश्यले स-साना समूहमा वा आवश्यक पर्दा व्यक्तिगत रुपमा धितो लिएर वा विना धितो समेत कर्जा दिने वा वित्तिय सहयोग पु¥याउने कार्यलाई लघुवित्त भनिन्छ । लघुवित्त परियोजनाबाट कल्याणकारी कार्यमा हिताधिकारीहरुको जीवनस्तरमा सुधार आउनुको साथै बोर्डको कल्याणकारी उद्देश्य प्राप्त गर्न सहयोग पुग्नेछ ।
लगानी (Investment)
कल्याणकारी कार्यमा सघाउ पु¥याउन नाफा आर्जन गर्ने उद्देश्यले संचालित परियोजनामा गरिने लगानी, व्यापार, व्यवसाय, उद्योग, जग्गा जमिन लगायत वित्तिय औजारहरु (stocks, bonds, mutual funds) ईत्यादिमा बोर्डद्धारा गरिने लगानीलाई सम्झनु पर्दछ ।
शैक्षिक संस्था
बोर्डद्धारा संचालित बिद्यालय, कलेज, प्राविधिक तथा रोजगार मुलक तालिम केन्द्रहरु समेत बुझ्नु पर्दछ ।
समिति
“समिति” भन्नाले सैनिक ऐन २०६३ को दफा २९ को उपदफा (३) बमोजिमको सैनिक कल्याणकारी कोष संचालन तथा व्यवस्थापन समितिलाई जनाउंछ ।
संचालन (Management)
“संचालन” भन्नाले नेपाली सेना कल्याणकारी बोर्डको संचालन भन्ने बुझाउंदछ ।
सल्लाहकार (Advisor)
बोर्डद्धारा संचालन गरिने बिभिन्न परियोजनाहरुसंग सम्बन्धित बिषयहरुमा लामो अनुभव र सिप भएका तथा सम्बन्धीत बिषयमा बोर्डलाई राय, सल्लाहबद्ध तथा सुझाब प्रदान गर्ने व्यक्तिलाई सल्लाहकार भनिने छ । सल्लाहकारको नियुक्ति आवश्यक संख्यामा जिम्मेवारी तोकिएको प्रक्रिया बमोजिम हुनेछ र यसरी प्राप्त हुने सल्लाहहरु बोर्डलाई बाध्यात्मकारी हुने छैन ।
सैनिक प्रतिनिधि (Deputation from Army)
बोर्डको कार्यालयहरु तथा परियोजनाहरुको सुरक्षा लगायतका कार्यको लागि आवश्यक मात्रामा निश्चित अवधिको लागि नेपाली सेनाबाट खट्टिएका बहालवाला सैनिक व्यक्तिहरुलाई सैनिक प्रतिनिधि भनिने छ । यसरी प्रतिनिधिको रुपमा खट्टिएर जाने व्यक्तिहरुले जिम्मेवारी पूर्वक आफ्नो काम प्रति उत्तरदायी भई जवाफदेही तथा पारदर्शी रुपमा कार्य सम्पादन गर्नु पर्नेछ । त्यस्ता प्रतिनिधिको छनौट, सेवा र सुबिधा तोकिए बमोजिम हुनेछ ।